July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

सरकारी संस्थानले नै तिरेनन् कर, ठूला करदाता खोज्दै

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:२0
सरकारी संस्थानले नै तिरेनन् कर, ठूला करदाता खोज्दै

विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरले गत वर्षको तुलनामा आन्तरिक आम्दानी बढ्ने देखिएको छ । कर संकलन अभियानलाई तीब्र बनाएको महानगरपालिकाले आन्तरिक आम्दानी बढ्ने भएको हो ।

गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा महानगरपालिकाले ४१ करोड ८२ लाख ७६ हजार ६६४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष अझै तीन महिना बाँकी भएका कारण गत वर्षको तुलनामा आम्दानी बढ्ने प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले बताए ।

महानगरको १० औं नगरसभाले ८३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर आन्तरिक आम्दानी गत वर्षको तुलनामा बढेपछि ११ औं नगरसभाले राजस्व लक्ष्य बढाएर १ अर्ब २ करोड रुपैयाँ पुर्‍याएको छ । महानगरपालिकाले दैनिक सरदर ४३ लाखका दरले राजस्व संकलन गरिरहेको छ ।

विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा करको दर पनि घटाएको छ । दर घटाएपनि दायरा बढाएर अभियान सञ्चालन गरेका कारण आन्तरिक राजस्व बढेको महानगरको दाबी छ ।

ठूला सरकारी संस्थानले नै कर नतिरेको महानगरपालिकाले जनाएको छ । सरकारी संस्थान र सरकारी कार्यालयले पालिकाबाट नक्सा पास गर्न र सम्पत्ति कर बुझाउन अटेर गरिरहेको महानगरको दाबी छ । कर नबुझाउने सबै सरकारी संस्थानलाई पत्र पठाएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

सरकारी संस्थानले तिरेनन् कर

महाशाखा प्रमुख गौतमका अनुसार ठूला सरकारी कार्यालय र संस्थानले पालिकालाई राजस्व तिरेका छैनन् । सबै संस्थानले संरचनाको नक्सा पास पनि गरेका छैनन् । उनका अनुसार नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले राजस्व बुझाएको छैन । जिल्लास्थित कार्यालयले भने नियमित राजस्व बुझाइरहेको छ ।

विद्युत प्राधिकरणले तीन करोड भन्दा बढी कर बुझाउन बाँकी छ । खानेपानी संस्थानले एक करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल ब्यापार कम्पनीले करिब एक करोड राजस्व बुझाउन बाँकी रहेको महानगरले जनाएको छ । यी संस्थानले स्थापना कालदेखि सम्पत्ति र बहाल कर बुझाएका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कर बुझाएको छैन ।

कर नबुझाउने सरकारी संस्थानहरुलाई पत्र काटिएको राजस्व महाशाखा प्रमुख गौतमले बताए ।

ठूला करदाताबाट ४० करोड रुपैयाँ हाराहारी राजस्व संकलन उठ्न बाँकी रहेको महानगरको दाबी छ । महानगरको ताकेताका कारण इस्टर्न सिटी अपार्टमेन्टले बुझाउनुपर्ने एक करोड ६ लाख कर मध्ये ३५ लाख रुपैयाँ बुझाएको छ । ३८ लाख बुझाउन बाँकी रहेको हिमालय टाकिजले किस्ताबन्दीमा कर तिर्न सुरु गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा घरनक्सा पास गराउने र बहाल कर स्थानीय सरकारले उठाउन पाउने नियम छ । सोही नियमका आधारमा महानगरपालिकाले कर संकलन गरिरहेको हो ।

बहाल करमा बेइमानी

महानगरपालिकाका अनुसार बजार क्षेत्रका घरधनीले बहाल कर बुझाउन आनाकानी गरिरहेका छन् । बहाल कर बुझाउँदा पनि सम्झौता रकम थोरै देखाउने गरेको महानगरको दाबी छ ।

ठूला व्यवसायिक भवनले पनि बहाल कर छली गर्ने गरेका छन् । ‘मुख्य बजार क्षेत्रमा एउटा कोठाको भाडा ७० हजार भन्दा बढी हुन्छ, तर कर तिर्नुपरे १०–१५ हजारको सम्झौता पेश हुन्छ’, महानगरका एक जनप्रतिनिधिले भने, ‘लेनदेन धेरै छ, कर छल्न कागज थोरै मुल्यको बनाउँछन् ।’

महानगरपालिकाले गत आर्थिक वर्ष २०८७८–७९ मा जग्गा र घर बहाल कर बापत ८ करोड ५० लाख २ हजार ९८ रुपैयाँ संकलन गरेको थियो । चालु आर्थिक वर्षको चैत २६ गतेसम्म ५ करोड ५९ लाख४८ हजार ९२१ रुपैयाँ घर जग्गा बहाल कर संकलन गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट