May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० ११:४0
हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं– मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो।

शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्। हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ। हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ।

इजरायली सेनाले आवासीय भवनमा समेत आक्रमण गर्न थालेपछि गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
द्वन्द्वलाई लिएर इरानले हमासको चरमपन्थी लडाकु समूह हमासलाई बधाइ दिएको छ भने इराकलगायतका मुस्लिम देशहरुले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अपिल गरेका छन्।

आजै बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक द्वन्द्व अन्त्यका लागि सहमति जुट्न नसकेपछि सदस्य राष्ट्रयहरु संयुक्त विज्ञप्ति निकाल्न असफल भएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सैनिक समर्थन जुटाउन जंगीबेडासहितको जहाज पठाएका छन्। उक्त जहाजमा लडाकु विमान, क्रुज मिसाइल, क्षेप्यास्त्र, सैनिकलगायत टोली रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।