July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १२:0९
नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल–भारत बीच स्थल र हवाइमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरु विस्तार हुने बताए । मन्त्री किरातीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभई अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ । जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मलाई विश्वास छ ।’

‘नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ,’ उनले भने ।
मन्त्री किरातीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्