sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:२१
कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं

सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्री ४१ बलमा चार चौकासहित सर्वाधिक ३५ रनको योगदान गरिन्। यस्तै, लकिता राजवंशीले अविजित २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका लागि विनु बुढाले सर्वाधिक दुई विकेट लिँदा नेरी थापा, सोनु खड्का र रेखा रावलले कोशी एक–एक ब्याटरलाई पेभेलियन फर्काए।

पहिलो इनिङमा एपीएफका लागि सिता र इन्दुले एक सय ३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गरे। सिताले ६८ बलमा ९ चौका र दुई छक्कासहित अविजित ७९ रनको इनिङ खेलिन्। यस्तै, इन्दुले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेलिन्।

दुवै ब्याटर अविजित रहँदा त्यसअघि विकेटकिपर–ब्याटर ज्योति पाण्डे दुई रन जोडेर आउट भएकी थिइन्।

कोशीकी अलिशा खडियाले एक विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे।

विभागीय टिम एपीएफ लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कोशीले दोस्रो स्थानमा रहेर उपाधि भिडन्तमा स्थान बनाएको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid