May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले हेपेको हो : सांसद गैरे

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:५९
नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले हेपेको हो  :  सांसद गैरे

काठमाडौं ।।

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले नेपाललाई हेपेको हो ।

  • नेपाल सरकार के गर्दैछ ? 
  • भारतप्रति आक्रोश
  • नेपालको रक्षा गर्नुपर्ने 

भनी सरकारलाई प्रश्न गरेका छन् । भारतले पछिल्लो समय आदिपुरे सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे।

नेपाल सरकार के गर्दैछ ? 

उनले भने, ‘ अहिले फेरि यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन। त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्। नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ।’

भारतप्रति आक्रोश

आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बीनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे।

उनले भने, ‘ नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत। अहिले कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ ।’

उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताए ।

नेपालको रक्षा गर्नुपर्ने 

उनले भने, ‘नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाँही पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशका रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एकइन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ।’

सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरे सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाए।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।