April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दूरसञ्चार प्राधिकरणले ब्लक गर्न थाल्यो दर्ता नभएका फोन

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0८
दूरसञ्चार प्राधिकरणले ब्लक गर्न थाल्यो दर्ता नभएका फोन
  • एमडीएमएसबाट बन्द भएका फोन तत्काल नखुल्ने
  • एमडीएमएसमा दर्ता नभएका फोनहरु क्रमशः बन्द गर्दै जाने
  • प्रयोगकर्ताले कर तिरेर आफ्नो फोन अनब्लक गर्ने

काठमाडौं ।।

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक २० गतेदेखि मोबाइल डिभाइ म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका फोन ब्लक गर्न थालेको छ । पहिलोपटक प्राधिकरणले एक हजारभन्दा बढी आइफोन र अन्य महँगा एन्ड्रोइड फोन ब्लक गरेको थियो । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोनहरु क्रमशः बन्द गर्दै जाने बताएको छ । मडीएमएसमा दर्ता नभएका फोन ब्लक हुन थालेसँगै ब्लक भएका फोन प्रयोगकर्ताले कर तिरेर आफ्नो फोन अनब्लक गर्ने विकल्पबारेको व्यवस्थाका विषयमा जिज्ञासा व्यक्त गरेका छन् ।

कसरी खुल्छ एमडीएमएसबाट ब्लक भएको फोन ?

प्राधिकरणले दूरसञ्चार सेवा अवरुद्ध गरेको वा ब्लक गरिएको फोन अनब्लक गर्ने वा खुला गर्न तत्काल व्यवस्था नभएको बताएको छ । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले प्रतिबन्ध लागेका फोन कर तिरेर कसरी खुलाउने भन्नेबारे तयारी भइरहेको बताए । “एमडीएमएसबाट ब्लक गरिएका फोन कर तिरेको अवस्थामा कसरी खुलाउने भन्ने कार्यविधि बनेको छ । अब, त्यसतर्फ काम भइरहेको छ ।

त्यो व्यवस्था भएपछि फोन अनब्लक गर्न सकिनेछ,” प्राधिकरणका सहायक प्रवक्ता मिश्रले भने । नेपालमा करिब ५० लाखको संख्यामा एमडीएमएसमा दर्ता नभएका फोन रहेको प्राधिकरणले जनाएको छ । लामो समयदेखि एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन खोजेको प्राधिकरणले कात्तिक २० देखि मात्रै थोरै–थोरै संख्यामा गरेर फोन ब्लक गर्न थालेको हो ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।