sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:५४
रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

 काठमाडौं 

चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए ।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछानेमाथि नै धेरै प्रश्न उठेको श्रेष्ठले बताए । ‘किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनुनपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नुनपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ, मंसिरको उल्टो परिणाम अब आउनेछ’ उनले भने ।
नेता श्रेष्ठले यसपटक चिवतन–२ मा सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू बन्ने बताए । रवि लामिछानेसँग चितवनका बासिन्दा एक पटक झुक्किएको भन्दै श्रेष्ठले भने, ‘अहिले वास्तविकता बुझिसके ।’

चितवन–२ बाट ४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर उनले नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतको फैसलापछि पद गुमाएका थिए । सो ठाउँमा १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । हाल नेपाली नागरिकता लिइसकेका कारण रास्वपाबाट चितवन– २ मा पुनः उम्मेदवार बन्ने लामिछानेको तयारी छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid