sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३२
बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

काठमाडौं । बढ्दो चिसो र खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडित बिरामी पर्न थालेका छन् ।

खासगरी बालबालिका, गर्भवती र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । उनीहरुलाई रुघाखोकी र निमोनियाको जोखिम बढेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

सफा पानी र सहज शौचालयको अभावमा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम पनि बढेको छ । पीडितहरुले भने सहज रुपमा राहत पाउन नसकेको र ६ दिन हुँदा पनि खुला आकाशमुनि बस्नु परेको गुनासो गरेका छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई भने स्थानीय सरकारमार्फत् राहत सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाका ७ वटै स्थानीय तहका भूकम्पपीडितलाई राहत सामग्री पठाइएको जनाएको छ । भेरी, नलगाड र छेडागाड नगरपालिका तथा कुशे, बारेकोट, जुनीचाँदे र शिवालय गाउँपालिकाका पीडितलाई पहिलो चरण चामल, दाल, त्रिपाल कम्बल-लगायतका सामग्री वितरण गरिएको छ । यसमा एक सय आठ प्रकारका राहत सामग्री रहेका छन् ।

पीडितहरूले भने पहुँचका आधारमा मात्रै राहत वितरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । भाडामा बसेका पीडितलाई घरधनीको सिफारिसमा मात्रै राहत दिने मापदण्ड बनाइएपछि वितरणमा कठिनाइ भएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid