May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३२
बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

काठमाडौं । बढ्दो चिसो र खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडित बिरामी पर्न थालेका छन् ।

खासगरी बालबालिका, गर्भवती र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । उनीहरुलाई रुघाखोकी र निमोनियाको जोखिम बढेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

सफा पानी र सहज शौचालयको अभावमा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम पनि बढेको छ । पीडितहरुले भने सहज रुपमा राहत पाउन नसकेको र ६ दिन हुँदा पनि खुला आकाशमुनि बस्नु परेको गुनासो गरेका छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई भने स्थानीय सरकारमार्फत् राहत सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाका ७ वटै स्थानीय तहका भूकम्पपीडितलाई राहत सामग्री पठाइएको जनाएको छ । भेरी, नलगाड र छेडागाड नगरपालिका तथा कुशे, बारेकोट, जुनीचाँदे र शिवालय गाउँपालिकाका पीडितलाई पहिलो चरण चामल, दाल, त्रिपाल कम्बल-लगायतका सामग्री वितरण गरिएको छ । यसमा एक सय आठ प्रकारका राहत सामग्री रहेका छन् ।

पीडितहरूले भने पहुँचका आधारमा मात्रै राहत वितरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । भाडामा बसेका पीडितलाई घरधनीको सिफारिसमा मात्रै राहत दिने मापदण्ड बनाइएपछि वितरणमा कठिनाइ भएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट