April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:२२
मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ
  • पार्टीको ‘मिसन’ सुशासन हुनुपर्यो 
  • मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी
  • पार्टी सुध्रिन आवश्यक 

काठमाडौं ।।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे । “मिसन ०८४ कता – कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,” उनले भने।

उनले रोइलो गरेर नहुने भन्दै पार्टी सुध्रिन आवश्यक रहेको बताए । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले उल्लेख गरे । “एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,” उनले भने, “भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो ।”

उनले आफूलाई पदको चिन्ता नरहेको बताए । सभापति शेरबहादुर देउवाप्रति उनले कटाक्ष पनि गरे । “मलाई चिन्ता छैन, पद आउँछ जान्छ । हाम्रो सभापति पाँचपटक प्रधानमन्त्री हुनुभयो, फेरि हुने नहुने होला,” कार्यक्रममा गुरुङले भने ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।