sweet bonanza
July 12, 2026 | आइतवार, असार २९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १५:0३
सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

काठमाडौं 

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो ।

अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।
अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,’ अध्यक्ष लामाले भने, ‘फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’

बैशाख १ गतेदेखि नै कुनै नेपाली फिल्मले छायांकनको लागि विदेशबाट प्राविधिक ल्याउनुपर्ने हकमा समेत नेफ्टाको अनुमति लिनुपर्ने भएको छ ।

सोही मितिदेखि नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् । ‘प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण यो नियम ल्याउन लागेका हौं,’ अध्यक्ष लामाले भने, ‘अब कार्ड भएकाले मात्र काम गर्न पाउने समझदारी भएको छ । कार्ड बनाएर काम गर्दा प्राविधिक र निर्मातालाई दुवैलाई सजिलो हुने हाम्रो आशा छ । भोलि तलमाथि हुने परिस्थितिमा निर्मातालाई पनि लाभदायक हुनेछ ।’

गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका छन् । यसबाहेक प्राविधिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेदेखि प्राविधिको क्षमता अभिवृद्धि गर्ने तथा अवार्डमार्फत विदेशमा नेपाली फिल्मको बजार खोज्ने उनका अन्य योजना छन्  ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid