April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १५:0३
सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

काठमाडौं 

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो ।

अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।
अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,’ अध्यक्ष लामाले भने, ‘फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’

बैशाख १ गतेदेखि नै कुनै नेपाली फिल्मले छायांकनको लागि विदेशबाट प्राविधिक ल्याउनुपर्ने हकमा समेत नेफ्टाको अनुमति लिनुपर्ने भएको छ ।

सोही मितिदेखि नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् । ‘प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण यो नियम ल्याउन लागेका हौं,’ अध्यक्ष लामाले भने, ‘अब कार्ड भएकाले मात्र काम गर्न पाउने समझदारी भएको छ । कार्ड बनाएर काम गर्दा प्राविधिक र निर्मातालाई दुवैलाई सजिलो हुने हाम्रो आशा छ । भोलि तलमाथि हुने परिस्थितिमा निर्मातालाई पनि लाभदायक हुनेछ ।’

गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका छन् । यसबाहेक प्राविधिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेदेखि प्राविधिको क्षमता अभिवृद्धि गर्ने तथा अवार्डमार्फत विदेशमा नेपाली फिल्मको बजार खोज्ने उनका अन्य योजना छन्  ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट