April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १२:३१
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धानमा खटिएको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले दिएको जानकारी अनुसार दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । खेलकुदका संघहरूमध्ये सबैभन्दा शक्तिशाली मानिने एन्फामा अहिले दावा नै सबैभन्दा प्रभावशाली पदाधिकारी भनेर चिनिएका थिए ।

दावा एन्फाको निर्वाचनमा पंकजविक्रम नेम्वाङको ‘प्यानल’बाट उपाध्यक्ष निर्वाचित भएका थिए । पंकज र कर्माछिरिङ शेर्पाको भिडन्तमा पंकजले बाजी मारेका थिए । २०७५ सालको एन्फा निर्वाचनमा दावा कर्माछिरिङको प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्य र पदाधिकारीका रूपमा ६ वर्षदेखि एन्फा मुख्यालयमा रहेका दावा लागुपदार्थ कारोबारमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर अहिलेसम्म कैद भुक्तान नभएर ‘फरार सूची’मा रहेका थिए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।