काठमाडौं
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल भइरहेको छ ।
कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने निर्णय लिने जनाइएको छ। यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।