October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

इन्भेष्टमेन्टको आईपीओ निष्कासन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:३९
इन्भेष्टमेन्टको आईपीओ निष्कासन
  • हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट
  • बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट गरियो 

काठमाडौं ।।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण सेयर निष्कासनमा ल्याएको थियो । आवेदकले न्युनतमा २० कित्ताको लागि आवेदन दिनुपर्ने उक्त आईपीओमा माग भन्दा बढी आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँटफाँट भएको छ ।

कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेकोमा तीन हजार २८२ आवेदन रद्ध भएर १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । योग्य आवेदकमध्येबाट गोलाप्रथाले २४ लाख २७ हजार ७५० कित्ता सेयर २० कित्ताको दरले बाँडफाँट गर्दा एक लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

त्यसमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खाली भएको छ । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि २ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ । यसबाहेक कर्मचारीको लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषको लागि एक लाख ४६ हजार २५० कित्ता सेयर बाँडफाँट गरीसकेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट