sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:१८
उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

वीरगन्ज

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्।

आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य बस्नेतले भने,‘ जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन वटा टाउको भएको नागको रूप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आएका छन्, उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउने छन्।

कुनै जमानामा आफूलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन् झन् दयनीय बन्दै गएको पनि बस्नेतले बताए।

बस्नेतले भने,‘ मानव विकासको हरेक सूचांकमा मधेस प्रदेश सबैभन्दा पछाडि छ, सबैभन्दा बढी गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबैभन्दा बढी मधेसकै दाजुभाइ छन् , यो सबको जिम्मेवार उपेन्द्रजी र उहाँको दल जसपा नै हो।’

त्यसैकारण मंसिर ४ को निर्वाचनमा सप्तरी २ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलाई अब बैशाख १० मा बारा २ का जनताले पनि सबक सिकाउने बस्नेतको भनाइ छ।

बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भने, ‘काठमाडौं १ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउँदै छन्, उनलाई बारा २ का मधेसी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन्।’

बारा २ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउँदै बस्नेतले भने, ‘एमालेबाट को व्यक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा २ मा एमालेले जित्छ जित्छ।’

राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एक ठाउँमा उभिएको आरोप लगाए।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid