April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:१८
उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

वीरगन्ज

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्।

आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य बस्नेतले भने,‘ जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन वटा टाउको भएको नागको रूप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आएका छन्, उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउने छन्।

कुनै जमानामा आफूलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन् झन् दयनीय बन्दै गएको पनि बस्नेतले बताए।

बस्नेतले भने,‘ मानव विकासको हरेक सूचांकमा मधेस प्रदेश सबैभन्दा पछाडि छ, सबैभन्दा बढी गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबैभन्दा बढी मधेसकै दाजुभाइ छन् , यो सबको जिम्मेवार उपेन्द्रजी र उहाँको दल जसपा नै हो।’

त्यसैकारण मंसिर ४ को निर्वाचनमा सप्तरी २ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलाई अब बैशाख १० मा बारा २ का जनताले पनि सबक सिकाउने बस्नेतको भनाइ छ।

बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भने, ‘काठमाडौं १ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउँदै छन्, उनलाई बारा २ का मधेसी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन्।’

बारा २ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउँदै बस्नेतले भने, ‘एमालेबाट को व्यक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा २ मा एमालेले जित्छ जित्छ।’

राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एक ठाउँमा उभिएको आरोप लगाए।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट