July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन, धेरै तनाव लिनुपर्दैन: प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० ११:४१
भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन, धेरै तनाव लिनुपर्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधवार संसद्को कानुन समितिकाे बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे ।

‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले हालै भारतसँग भएको सम्झौतामा भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार समेत नभएको बताए ।

उनले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्‍त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिन सक्छ ।’

उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने बताए ।

भारतीय विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने लगायतका चार बुँदे सम्झौताको आलोचना भएपछि प्रधानमन्त्रीले प्रस्ट पारेका हुन् ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्