sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश प्रमुख शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताए

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२९
प्रदेश प्रमुख शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताए

हेटौंडा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताएका छन् । सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुदायमा छरिएर रहेको पुँजी,प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक,सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

उनले आर्थिक समृद्धि र दीगो विकास गर्न सार्वजनिक,निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवम् स्रोतको अधिकतम परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गरे ।

संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास,नियमन तथा प्रर्वद्धनको कार्यमा जोड दिइएको समेत उनले उल्लेख गरे । आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकको आर्थिक समुन्नतिमा सहकारिताबाट सघाउ पु¥याउन ग्रामिण एवम् दुर्गम क्षेत्रका विपन्न वर्गलाई समेत अभियानमा समेटी उनीहरूलाई विभिन्न स्वरोजगारका अवसर सिर्जना गराउन अभियान्ताहरू लागि पर्न आवश्यक देखिएको शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले सहकारी संस्थाहरू पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित,सदस्य केन्द्रित र यसको मुल्य मान्यता सिद्धान्त र मर्म अनुरुपअघि बढेमा सहकारी अभियानले थप सार्थकता पाउने विश्वास व्यक्त गरे । वि.स.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid