July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नक्कली भुटानी शरणार्थी प्रकरण: आज पनि दुई सरकारी वकिलले गर्दैछन् बहस

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १२:५६
नक्कली भुटानी शरणार्थी प्रकरण: आज पनि दुई सरकारी वकिलले गर्दैछन् बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो।

सोमबार उक्त इजलासमा सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताद्वय जनकप्रसाद घिमिरे र सीताराम अर्यालले बहस गर्न लागेका हुन्।

यसअघि घिमिरेले आइतबार पनि बहस गरेका थिए। घिमिरे र महेश खत्रीले दिनभरजसो बहस गरेका थिए।

सरकारी वकिल कार्यालय काठमाडौंले यस शरणार्थी प्रकरणमा बहस गर्न सरकारी वकिलको समूह नै बनाएको छ। जसअनुसार कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसमेतले बहस गर्ने तयारी छ। उनले भने अन्तिममा बहस गर्ने तयारी गरेका हुन्।

आइतबार भएको बहसमा खत्री र घिमिरेले अदालतमा पेश गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा बढाउन पर्याप्त भएको जिकिर गरेका थिए।

सहन्यायाधिवक्ता न्यौपानेका अनुसार उनीहरूले समग्र मुद्दाको विषयवस्तु बहस गरेका थिए।

आज जनकप्रसाद घिमिरेले बहस गर्न सकाएपछि सीताराम अर्यालले बहस गर्नेछन्।

अर्यालले भने प्रत्येक प्रतिवादीहरूको बारेमा बहस गर्ने सहन्यायाधिवक्ता न्यौपानेले बताए।

‘उहाँले प्रत्येक प्रतिवादीको विषयवस्तुमाथि टेकेर बहस गर्नुहुन्छ। उहाँहरूले के गर्नुभयो भन्ने विषयमा,’ उनले भने।

त्यसपछि भने अन्य सरकारी वकिलहरूले पनि बहस गर्ने तयारी गरेका छन्।

इजलासमा मंगलबारसम्म सरकारी वकिलको तर्फबाट बहस गर्ने समझदारी भएको थियो। यद्यपि बहस लम्बिन पनि सक्छ। त्यसपछि अर्को मंगलबार सम्म प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ परेका छन्।

उनीहरू सबै जनाको गत शुक्रबार बयान लिन सकाएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।

फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।

प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्