July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:३७
नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग

काठमाडौं 

नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १ ५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड–१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको थियो ।
नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्तालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न आग्रह गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ रेग्मीले थपे, ‘विमानस्थल स्तोरन्नतीको काम भइरहेको र छिट्टै नेपालको आग्रहअनुसार आवश्यक निर्णय लिने बताउनु भएको छ ।’

ल्हासा–काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं–छेन्दु–ल्हासा र ल्सासा–छेन्दु–काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै २०७६ माघदेखि चिनियाँ वायुसेवा कम्पनीहरुले विभिन्न मुलुकको उडान रोकेका थिए । सोही अनुसार नेपालमा हुने उडान समेत रोकिएको थियो । नेपाल सरकारले ११ चैत २०७६ मा मुलुक भित्रै लकडाउन सुरु गरेपछि त्यसयता सो रुट बन्द छ ।

कोभिड–१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वटा वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । जसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्