April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सुत्केरीको मृत्यु भएपछि जनकपुर तनावग्रस्त

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:0९
सुत्केरीको मृत्यु भएपछि जनकपुर तनावग्रस्त
  • प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु
  • आज बिहान रक्तस्राव भएर मृत्यु 
  • मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार

काठमाडौं ।।

प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पुर्‍याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए ।

उनले चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाए । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ । यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे । ‘उनलाई कुनै पनि प्राइभेट हस्पिटलले भर्ना नलिएपछि अन्तिम सिकिस्त अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइयो । हामी सरकारी हस्पिटल त्यस्तो अवस्थामा पन्छिन मिल्दैन । बाहिर रेफर गर्ने अवस्था थिएन । उनलाई हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोग थियो’, डा.पण्डितले भने ‘अन्तिम अवस्था रहेको बिरामीलाई हामीले तुरन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास गर्‍यौं ।

बच्चा समान्य छन् । तर आज बिहान आमाको मृत्यु भयो’ यस्तो रोग भएको प्रसूति महिलालाई शरीरको जुनसुकै भागबाट रक्तस्राव भई मृत्यु हुने सम्भावना प्रवल हुने उनको तर्क छ । वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहेका डा. पण्डिका अनुसार उनको शल्यक्रियामा अनुभवी प्रसूति रोग विशेषज्ञ डा. राजदेव महतोले गरेका थिए । अनुभवी एनेसथेसियालगायतको टीम सरिक थियो । ‘परिवारले समेत अन्तिम अवस्थामा ल्याएको भनिरहेका छन् । कतै भर्ना नलिएपछि हामीले हरसम्भव बचाउने प्रयास गरेका हौं । कसैले उचालेर हंगामा गर्नुको कुनै अर्थ छैन,’ डा. पण्डित भन्छन् ।

 

 

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।