sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित काम नगरी ५० लाख भुक्तानी दिने ८ विरुद्ध मुद्दा दायर

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १५:५२
पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित काम नगरी ५० लाख भुक्तानी दिने ८ विरुद्ध मुद्दा दायर

काठमाडौं 

काम नगरी ५० लाख भुक्तान गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका, पञ्‍चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरूको डुप्लिकेसन गरी नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिएको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, लेखा अधिकृत मोहन बहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी , नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जिएम भन्ने लाल बहादुर घर्ती मगर, नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा मुद्दा दायर गरेको हो।

आयोगले पूर्व मेयर थापाबाट ५० लाख, गिरीबाट ३० लाख, देवकोटाबाट २० लाख, बुढाबाट ५० लाख, अधिकारीबाट २० लाख र नमुना समाजको हकमा ५० लाख रुपैयाँ बिगो माग गरिएको छ।

नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको कुनै बैठकसमेतबाट निर्णय नभएको, नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताबसमेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन-नियमावली लगायतका प्रचलित कानुनसमेतलाई वेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र बिश्वसनीयता रहे÷नरहेको आधार बिना हचुवाको भरमा नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा कार्य सम्पादन गरेको अनुगमन, मूल्याङ्‍कन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको र नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर ठहर भएको आयोगले दाबी गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid