May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित काम नगरी ५० लाख भुक्तानी दिने ८ विरुद्ध मुद्दा दायर

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १५:५२
पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित काम नगरी ५० लाख भुक्तानी दिने ८ विरुद्ध मुद्दा दायर

काठमाडौं 

काम नगरी ५० लाख भुक्तान गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मेयर, पूर्व प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका, पञ्‍चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरूको डुप्लिकेसन गरी नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिएको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, लेखा अधिकृत मोहन बहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी , नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जिएम भन्ने लाल बहादुर घर्ती मगर, नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा मुद्दा दायर गरेको हो।

आयोगले पूर्व मेयर थापाबाट ५० लाख, गिरीबाट ३० लाख, देवकोटाबाट २० लाख, बुढाबाट ५० लाख, अधिकारीबाट २० लाख र नमुना समाजको हकमा ५० लाख रुपैयाँ बिगो माग गरिएको छ।

नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको कुनै बैठकसमेतबाट निर्णय नभएको, नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताबसमेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन-नियमावली लगायतका प्रचलित कानुनसमेतलाई वेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र बिश्वसनीयता रहे÷नरहेको आधार बिना हचुवाको भरमा नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा कार्य सम्पादन गरेको अनुगमन, मूल्याङ्‍कन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको र नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर ठहर भएको आयोगले दाबी गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।