April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

विदेशी सहयोगलाई सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:२0
विदेशी सहयोगलाई सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे
  • घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने
  • सहयोगका कार्यक्रम ल्याउने क्रम बढेको भन्दै उनले यसको निगरानी हुनुपर्ने
  • सफलता हासिल भए पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको

काठमाडौं ।।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्न सहयोगका कार्यक्रम ल्याउने क्रम बढेको भन्दै उनले यसको निगरानी हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक सहयोगको सदुपयोग ठिक ढंगबाट गर्न आमजनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

देशको विकास गर्न विभिन्न वैदेशिक संघसंस्था, राष्ट्र र कार्यक्रममार्फत आइरहेका सहयोगलाई सरकारमार्फत संसद्मा पेस गर्नुपर्नेमा उनले जोड दिए । वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसद्ले प्रभावकारी निगरानी बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले विमानस्थल बनाउने विषयमा सफलता हासिल भए पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको औँल्याए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।