July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन किन काटियो ?

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १0:५२
५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन किन काटियो ?

लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने सूचना सोमबार नै सार्वजनिक गरिएको थियो। तर तोकिएको समयभन्दा करिब ४५ मिनेट ढिला मात्रै बैठक बस्न सक्यो।

प्रदेश सभाको बैठक ४५ मिनेट पछाडि सारिनुको कारण अरू केही नभएर बिजुलीको लाइन काटिनु थियो। बैठक सुरू हुनुभन्दा करिब ५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन काटिएको थियो।

जेनेरेटर चलाएर बैठक सञ्चालन गर्न आवश्यक चाँजोपाँजो गर्नुपरेकाले तोकिएको समयभन्दा ४५ मिनेट ढिला गरी बैठक बसेको स्रोतले बतायो।

’बिजुली काटिएको रहेछ र हामीलाई त्यो कुरा अन्तिममा मात्र थाहा भयो,’ त्यहाँका एक कर्मचारीले भने, ’जेनेरेटर र आवश्यक इन्धनको व्यवस्था गर्नुपर्दा केही समय लाग्यो र बैठक केही समय ढिला भयो।’

नेपाल विद्युत प्राधिकरण लमहीका प्रमुख जगन्नाथ लामिछानेले प्रदेश सरकारले समयमै बिजुलीको बक्यौता महसुल नतिरेका कारण बाध्य भएर लाइन काट्नु परेको जानकारी दिए। प्राधिकरणले बत्ती काटिदिएपछि झन्डै चार घन्टा प्रदेश सभा भवन विद्युतबिहीन बनेको थियो।
बत्ती काटिएको विषयले प्रदेश सभा बैठकमा पनि प्रवेश पाएको थियो।

प्रदेश सभा सदस्य बसिउद्दिन खाँले बिजुलीको महसुल जस्तो सामान्य काम पनि नगरेर सदनको मानहानी गरेको भन्दै आपत्ति जनाएका थिए।

’मुख्यमन्त्रीले बिजुलीको महसुल नतिरेर हाम्रो सदनको मानहानी गर्नुभएको छ,’ उनले सदनमा भनेका थिए, ’मानहानी गरेबापत मुख्यमन्त्रीले रोष्ट्रमबाटै माफी माग्नुपर्छ।’

प्रदेश सभा सदस्य दीपेन्द्र पुनले पनि बिजुली काटिनु अपमानको विषय भएको भन्दै आपत्ति जनाएका थिए।

तर उनले प्राधिकरण प्रमुखले लिखित वा मौखिक जवाफ दिनुपर्ने माग गरेका थिए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्