July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

बझाङमा एक मजदुरको हत्या, अर्का मजदुर पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:५१
बझाङमा एक मजदुरको हत्या, अर्का मजदुर पक्राउ

कैलाली । बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको हत्या भएको छ ।

जाजरकोट, भेरी नगरपालिका ४ बाट बझाङ आएर मजदुरी गरिरहेका बिकको उनको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

हिजो राति रोहनले मदिरा सेवन गरी गोपालको हत्या गरेको उनले बताए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुबै जनाबिच केही दिन पहिले पनि सामान्य विवाद भएको थियो ।

सोही घटनालाई लिएर रोहनले गोपालको टाउकोमा ढुङ्गाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

रोहनले हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर फरार भएका थिए। मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरूको खोजी सुरु गरेका थिए।

घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थियो। बुधबार बिहानैदेखि फरार सुनारलाई प्रहरीले खबर पाउनासाथ खोजी सुरु गरेको र बसमा भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताए। पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट