May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

उजुरी पर्दैमा सुदर्शनलाई पक्राउ नगर्न मिल्दैन : चलचित्र निर्देशक समाज

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १६:२८
उजुरी पर्दैमा सुदर्शनलाई पक्राउ नगर्न मिल्दैन : चलचित्र निर्देशक समाज
  • सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक
  • सुदर्शन थापा एक श्रमजिवी चलचित्रकर्मी हुन्
  • आरोप लगाउँदै परेको उजुरीको भरमा प्रकाउ पुर्जी जारी गर्नु गलत हुने 

काठमाडौं ।।

नेपाल चलचित्र निर्देशक समाजले निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको बताएको छ । चलचित्र ‘प्रसाद–२’को विवादलाई लिएर सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  सुदर्शन ‘प्रसाद–२’को निर्देशक मात्रै भएको र पारिश्रमिक लिएर काम गरेकाले उनलाई पक्राउ गर्न नहुने समाजको तर्क छ । उनी निर्देशक समाजको सदस्य पनि हुन्।

“चलचित्र प्रसाद– २ का लागि पारिश्रमिक लिएर निर्देशकको जिम्मेवारी पाएका सुदर्शन थापा एक श्रमजिवी चलचित्रकर्मी हुन् । उनी यस चलचित्रका निर्माता पनि होइनन् । उहाँलाई यस चलचित्रमा पारिश्रमिक प्रदान गरी निर्देशकीय जिम्मेवारी मात्र प्रदान गरिएको हो,” समाजले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “निर्देशकले फिल्म पूर्णरुपमा बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो । यस्तो अवस्थामा प्रहरीले बिनाकारण, बिनाप्रमाण, एकतर्फी रूपमा चलचित्र बिक्रीवितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा प्रकाउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।”

समाजले चलचित्र क्षेत्रमा परेका समस्या समाधान गर्न चलचित्रकर्मीका संस्थाहरू आफैँ सक्षम रहेको बताएको छ । चलचित्र क्षेत्रलाई असर पुग्नेगरी संघसंस्थाको बाटो छलेर प्रहरी प्रशासन र कानुन समक्ष पुग्ने र चलचित्र क्षेत्रको छवि धुमिल बनाउने व्यक्ति तथा संस्थालाई अदालत र प्रहरी प्रशासनले सरोकारवालाको संस्थामा गएर छलफल गर्ने र मिलापत्र गर्ने वातावरण बनाइदिन पनि समाजले आग्रह गरेको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।