May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:0८
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मन्थली नगरपालिका-७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनी बस्ने ५० वर्षीय दल बहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रेमा र २ जनालाई अपाङ्ग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

कैलाली, चुरे गाउँपालिका-६ ओखलढुङ्गास्थित सडकमा सुदूरपश्चिम प्र.०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथला बस्ने ३८ वर्षीय दान बहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।