काठमाडौं
नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।
यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।