May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

कोसी सरकारलाई संकटमा नपुर्याउन राजेन्द्र लिङदेनको सुझाव

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १२:0२
कोसी सरकारलाई संकटमा नपुर्याउन राजेन्द्र लिङदेनको सुझाव
  • आफूले ल्याएको व्यवस्था आफैँ संकटमा नपुर्याउन प्रमुख दललाई सुझाव
  • सत्ता जसरी पनि लिने भन्ने कुराले व्यवस्थामाथिको प्रश्न अझ जटिल बन्ने

विराटनगर ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूले ल्याएको व्यवस्था आफैँ संकटमा नपुर्याउन प्रमुख दललाई सुझाव दिएका छन् । कोसी प्रदेशको सरकार संकटका विषयमा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै उनले सत्ता जसरी पनि लिने भन्ने कुराले व्यवस्थामाथिको प्रश्न अझ जटिल बन्ने बताए ।

“हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ,” लिङदेनले प्रश्न गरे, “तपाईंहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?”

कोसीमा सभामुखलाई राजीनामा गराउने तयारी

जसरी पनि सत्तामा जाने विषयले व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई बल पुग्ने उनको भनाइ छ । “तपाईंहरूले ल्याएको व्यवस्था तपाईंहरूकै कारण जोखिममा नपार्नुस् भन्ने मेरो सुझाव हो,” उनले भने ।

केन्द्रको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँग आफ्नो पटक-पटक कुराकानी भएको उनले सुनाए । प्रदेशमा पनि सोही गठबन्धनकै सरकार बनाउने भए पनि संविधान र व्यवस्थामाथि प्रश्न उठाउने काम नगर्न उनले सुझाव दिएको बताए । नेपाली कांग्रेसले ज्येष्ठ सदस्यलाई मन्त्री बनाए नेकपा (एमाले) र राप्रपातर्फका ज्येष्ठ सदस्य पनि संसद्मा अनुपस्थिति हुने पनि उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।