sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हर्क साम्पाङको शैली पछ्याउँदै लोकप्रियतावादी मन्त्री सुदन किराँती

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १५:१८
हर्क साम्पाङको शैली पछ्याउँदै लोकप्रियतावादी मन्त्री सुदन किराँती
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सामाजिक सञ्जालमा धेरै नै सक्रिय छन् । उनी आफ्नो सक्रियतालाई सबल पक्ष मान्छन् । सामाजिक सञ्जाल मार्फत नै उनले सार्वजनिक सूचना र आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन्।
कसैप्रतिको आक्रोश र प्रेम पनि उनी हर्क साम्पाङ रिभोलुसन भन्ने पेजबाट अभिव्यक्त गर्छन् । पछिल्लो समय ट्विटर र टिकटकमा पनि सक्रिय छन् उनी । छिनभरमै हजारौँ रियाक्ट र कमेन्टले उनी झनै उत्साहित भएका छन् । श्रमदानको सूचना फेसबुक मार्फत नै जानकारी गराउँछन् । कार्यपालिका बैठक देखी महत्त्वपूर्ण भेटघाट उनको फेसबुकबाटै थाहा पाउन सकिन्छ । त्यसलाई उनी आफू पारदर्शी भएको प्रस्ट पार्छन् ।
उनको यही शैलीले समर्थकहरू बढ्दै गएका छन् । हक्की स्वभावबाट समर्थकहरूमा उत्साह थपिएको छ । उनले देखाउन चाहेको र देखाएको कुरा प्रति देश विदेशमै लोकप्रिय बन्दै गएका छन् साम्पाङ । साम्पाङ सँग समर्थकहरूको आकर्षण देखी लोभिएका छन् सङ्घीय सरकारका पर्यटन मन्त्री सुदन किराँती ।
किराँतीले पछिल्लो समय उनले पनि फेसबुकलाई आफ्नो प्रचारको माध्यम बनाएका छन् । साम्पाङकै शैली अपनाएका उनी कसरी लोकप्रिय बन्न सकिन्छ भन्ने अभ्यासरत छन् । विभिन्न राजदूत सँग भएका छलफलका विषय सहित फेसबुकमा राखेका छन् ।
गरिब जनताको घरमा सुट पाइन्टमा पुग्छन् र खाँदा माला नलगाउने उद्घोष गरेर चर्चा कमाउँछन् । हुन त उनी मन्त्री नियुक्त हुने दिन नै एउटा भावुक स्ट्याटस लेखे । आफ्ना बा अस्पतालमा भएको समयमा उनले गम्भीर शब्दावली सहितको पोष्ट गरे । जसको कारण उनी केही दिन चर्चामा रहे ।
अहिले धरानमा साम्पाङले श्रमदानमा बोलाएकै शैलीमा उनी पशुपति सरसफाइको निमन्त्रणा दिन्छन् । विमानस्थलको सरसफाइ गरेको देखी भ्रष्टाचार नियन्त्रण पनि फेसबुकबाटै गर्छन् उनी । पक्की पुल निर्माण भएको विषयमा पनि उनीबाटै जानकारी पाउन सकिन्छ ।
उनका पछिल्ला पोष्टहरुमा पनि साम्पाङकै झल्को आउँछ । उनी लेख्छन्, पुनः स्मरण रहोस् । पारिवारिक नातागोता र अन्य कुनै माध्यमबाट सोर्सफोर्स प्रयोग गरेर नआउनु होला । यदि आउनु भयो भने तपाईँको काम हुँदैन भनेर बुझ्नु होला । मलाई पद होइन परिणाम चाहिएको छ । नोट-तपाईँ आफै आएर मलाई आफ्ना कुराहरू राख्न सक्नुहुने छ । यो मन्त्रालय तपाईँ र आम नागरिकको हो ।’ जुन शैली लामो समयदेखि साम्पाङले प्रयोग गर्दै आइरहेका छन् ।
  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid