October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:२१
बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका छन् । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् ।

निकै कर्णप्रिय गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपाली सेनाद्वारा गरिएको विभिन्न साहसिक, मानवताका कार्यहरूको भिडियो फुटेज राखिएको छ । भिडियोको निर्देशन विशेष पौड्यालले गरेका हुन् । संगीतकार, गायक गायिकालाई प्रशंसा पत्र समेत वितरण गरिएको कार्यक्रममा गीतकार श्रेष्ठले नेपाली सेनाले स्थापना कालदेखिनै देशको सेवामा दिएको योगदानको चर्चा गर्न मन लागेकोले गीत लेखेको बताए ।

‘देशको संविधानले दिएको विभिन्न जिम्मेवारी बहन गर्न नेपाली सेनाले आजसम्म कुनै कसर बाँकी राखेको छैन’, उनले अगाडि भने ‘नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरु तथा हाम्रा पुर्खाहरूको योगदान र बलिदानका बारेमा सबै नेपाली नागरिकको बुझाइमा एकरूपता पाइँदैन । म एक सैनिक भएको हिसाबले सधैँ यो विषयले घचघच्याई रह्यो ।’ अहिले सूचना र सञ्चारको युग भएकोले नेपाली सेनाको योगदानलाई शब्द मार्फत गीतमा ल्याउन प्रेरणा मिलेको उनले धारण राखे । गीतको छायाङ्कन जीतबहादुर थापा र निरज पुडासैनी हुन् भने सम्पादन प्रकाश हुमागाई, किशोर दंगाल र रमेश विष्टले गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट