April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:२६
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएकोछ।

सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।  विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।  गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन।

‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ। उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किएका छन्।

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ। स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएको गायक लामाले जानकारी दिए।

लोक, स्लोरक, पप मेलोडी सङ्गीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

यही चैत २७ मा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए। यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।