April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त

लिम्पियाधुरा फिर्ता ल्याउन पहल

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १३:२९
लिम्पियाधुरा फिर्ता ल्याउन पहल

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने पहल निरन्तर भइरहेको बताएको छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभामा लिम्पियाधुरा फिर्ताका लागि भइरहेको पहलबारे जानकारी माग गरेका थिए । सांसद सुवालले प्रश्न गरेपछि प्रतिनिधिसभाले परराष्ट्र मन्त्रालयलाई ‘नेपालको पूर्व, दक्षिण र पश्चिमतर्फ भारतसँगको खुला सिमानाको ६६८ ठाउँमा भइरहेको भारत अतिक्रमित नेपाली भूमि कहिले फिर्ता हुन्छ ? नेपाल–भारत सीमा विवाद समाधान नहुनुमा दोषी को–को हुन् ?’ भनी प्रश्न गरेको थियो । परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई पठाएको जवाफमा अतिक्रमित भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भइरहेको उल्लेख छ ।

‘सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो भन्ने तथ्यमा नेपाल सरकार स्पष्ट र दृढ रहेको । सो भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भई रहेको अवस्था छ’ परराष्ट्र मन्त्रालयको जवाफमा भनिएको छ । सन् १९८१ को फेब्रुअरीमा नेपाल–भारत संयुक्त प्राविधिक समिति गठन भई उक्त समितिबाट नेपाल–भारत सीमा सम्बन्धी कार्य प्रारम्भ भएको पनि परराष्ट्र मन्त्रालयले बताएको छ । सन् १९८१ देखि २००७ सम्ममा सुस्ता र कालापानी क्षेत्रबाहेक नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक प्रविधिबाट १८२ थान स्ट्रिप नक्सा तयार गर्ने कार्य सम्पन्न गरेसँगै उक्त समितिको कार्यविधि समाप्त भएको पनि परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई जवाफ पठाएको छ ।

नेमकिपाका सांसद सुवालले यही विषयसँग सम्बन्धित प्रश्न गृहमन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि सोधेका थिए । ‘नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई कहिलेदेखि हटाइँदैछ ?’ भन्ने प्रश्नमा गृह मन्त्रालयले ‘उल्लिखित विषय कुटनीतिक तथा दुई देशबीचको आपसी समझदारीका माध्यमबाट हल गर्नुपर्ने’ जवाफ दिएको छ । भूमि व्यवस्था मन्त्रालयले ‘सम्बन्धित निकायबाट उक्त विषयमा विवरण पेश हुने ब्यहोरा अनुरोध छ’ भन्ने जवाफ पठाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट