October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:२४
सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

 विराटनगर ।   विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ ।
यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् ।  गत वर्ष २०७८ मंसिरदेखि
२०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो ।

पहिलो पटक फेला परेको  माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो । विराटनगरकै अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू,
दीपक राजवंशी,भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरु जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा
विराटनगरको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरुमा फेला पारेका हुन् ।

उनीहरुले पत्ता लगाएको माछा नेपालको लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ
जुलोजीमा २०२३ को भोल्युममा प्रकाशित भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको
माछा दक्षिण एशियातिर मात्रै त्यही पनि विरलै भेटिन्छ । सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीमा
अरुणाचल प्रदेशमा पहिलो पटक रेकर्ड गरिएको थियो । यसको जनसंख्या पनि अति नै कम र जताततै नपाइने भएकोले
धेरै विवरण नपाइने अनुसन्धानकर्ताहरुको भनाइ छ । अनुसन्धान अवधिभरिमा सिंघिया नदीमा पनि पाँच दस वटा मात्र भेटिएको थियो ।

यो माछा निकै सानो हुन्छ, यसको लम्बाइ चारदेखि नौ सेन्टीमिटर र तौल ३० ग्रामभन्दा कम हुन्छ । यसका आनीबानी,
आहारबिहार,प्रजनन् आदिको गहिराइमा अध्ययन भएको छैन । यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि
यकिन हुन सकेको छैन । सिंघिया नदीको पानीका भौतिक तथा रासायिनक विशेषताहरुसमेत अुनसन्धानका क्रममा परीक्षण
गरिएकोले कस्तो जलीय वातावरणमा बस्दोरहेछ भन्ने सम्म खुलेको छ ।

हाल चीनमा माछाकै विषयमा विद्यावारिधी गरिरहेका प्रमुख अनुसन्धानकर्ता लिम्बूले भने—“हामीले सिंघिया नदीका जलचर
अनुसन्धानका क्रममा नयाँ किसिमको माछा भेट्यौँ अनि यसका बाहिरी बनावट र पखेटा (फिन)हरुको नापजाँच गर्यौँ,
अरु प्रजातिसँग तुलना गर्यौ, तब निष्कर्षमा पुग्र्यौँ कि यो नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटिएको हो ।” उनीहरुको
उक्त निष्कर्षलाई जर्नलमा प्रकाशित भएपछि  विश्वका माछा विशेषज्ञहरुको समुदायले सार्वजनिक पुष्टि गरेकोे ठहर्छ ।

एम्ब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा छन् । अघिल्लो वर्ष मात्रै यसको २६ औँ प्रजाति अरु कुनै देशमा पत्ता
लागेको थियो । नेपालका लागि अहिले पत्ता लागेको यो नयाँ प्रजातिसँगै अब दुई सय ७० प्रजातिका माछा भएका छन् ।
लिम्बुका अनुसार मोरङ जिल्लामा पाइने एक सय १८ प्रजातिमध्ये सिंघिया नदीमा ६२ प्रजातिका माछा पाइन्छन् ।
एम्ब्लिसेप्स वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँ आयाम थपिएको छ भने विराटनगर शहर
र सिंघिया नदीको नाम पनि राखेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्