April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति बन्दैन – प्रवक्ता शर्मा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:३२
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति बन्दैन – प्रवक्ता शर्मा

सरकारको प्रवक्ता रेखा शर्माले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न आवश्यक नभएको बताएकी छिन्।

तत्काल प्राप्त प्रमाणको आधारमा संसदीय समिति गठन गर्नु पर्ने नदिएको सरकारको निर्णय रहेको र भोलीका दिनमा थप प्रमाण खुलेमा जोसुकैमाथि छानबिन गर्न पनि सरकार तयार रहेको उनले बताए। यही सरकारले जस्तोसुकै प्रभावशाली व्यक्ति भए पनि प्रमाण देखिएमा अनुसन्धानमा दायरामा ल्याउने काम सुरु गरेको भन्दै उनले भोलीका दिनमा गृहमन्त्री रविबारे पनि थप प्रमाण फेला परेमा छानबिन हुने दाबी गरिन्। ‘प्रमाण देखिएमा जो सुकै व्यक्ति पनि छानबिनको दायरामा आउनेमा सरकार प्रतिबद्ध छ तर अहिले संसद् र सडकमा उठेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रमाण देखिएको छैन‘ उनले भने। उनले भोली तथ्यहरूले कहाँ पुर्याउँछ त्यो अलग कुरा भएको तर अहिलेसम्म सरकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग राजनीतिक पूर्वाग्रहको आधारमा गरिएको उनले दाबी गरे।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले पोखराको शुर्यदर्शन सहकारी लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्री रहेका रवि लामिछाने संलग्न देखिएको भन्दै उनीबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।