May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किन बढ्दै छ निःसन्तानपन ? विश्वका प्रत्येक ६ मध्ये एकजना प्रभावित

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:४७
किन बढ्दै छ निःसन्तानपन ? विश्वका प्रत्येक ६ मध्ये एकजना प्रभावित
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका प्रत्येक ६ मध्ये एकजना निःसन्तानपन समस्याबाट प्रभावित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । डब्ल्यूएचओले हालै सार्वजनिक गरेको ‘इन्फर्टिलिटी प्रिभिलेन्स स्टीमेट्स १९९०–२०२१’ मा विश्वका १७.५ प्रतिशत जनसंख्या निःसन्तानपनबाट प्रभावित भएको उल्लेख छ । यो दर न्यून र मध्यम आय भएका मुलुकहरूको तुलनामा उच्च आय भएका देशहरूमा बढी रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा के छ ?
डब्ल्यूएचओले आफ्ना सदस्य राष्ट्रहरूमा भएका निःसन्तानपनसम्बन्धी विभिन्न अध्ययनलाई आधार मानेर यो प्रतिवेदन सार्वजनिक गरेको हो । मध्यपूर्वी, युरोपेली, अमेरिकी, अफ्रिकी र पश्चिम क्षेत्रीय मुलुकहरूमा भएका १३३ अध्ययन प्रतिवेदनलाई विश्लेषण गरिएको छ । उक्त तथ्यांकका आधारमा व्यक्तिमा भएको दीर्घकालीन समस्या र व्यक्तिले आफ्नो जीवनको कुनै कालखण्डमा भोगेको निःसन्तानपन गरी दुई वर्ग छुट्ट्याइएको छ ।

प्रतिवेदनानुसार करिब १७.५ प्रतिशत जनसंख्यामा निःसन्तानपनसम्बन्धी कुनै न कुनै समस्या देखिएको थियो । उनीहरूलाई विशेष प्रजनन उपचार सेवा आवश्यक पर्ने उल्लेख छ । यो दर विश्वको जनसंख्यासँग तुलना गर्दा प्रति ६ मध्ये एकजना हुन आउँछ । दीर्घकालीन निःसन्तानपनको समस्या उच्च आय भएका मुलुकमा १७.८ र न्यून र मध्यम आय भएका मुलुकहरूमा १६.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

विश्वको १७.५ प्रतिशत जनसंख्याले दीर्घकालीन रूपमा निःसन्तानपन भोगेको र १२.६ प्रतिशतले प्रजनन उमेरको कुनै कालखण्डमा केही समयका लागि आवधिक निःसन्तानपन भोगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनानुसार दीर्घकालीन निःसन्तानपनको समस्या सबैभन्दा धेरै पश्चिमा देशहरूमा २३.२ र सबैभन्दा कम मध्यपूर्वी मुलुकहरूमा १०.७ प्रतिशत देखिएको छ ।

यस्तै, आवधिक निःसन्तानपन सबैभन्दा बढी अफ्रिकी क्षेत्रमा १६.४ र सबैभन्दा कम मध्यपूर्वी मुलुकहरूमा १० प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । युरोपेली मुलुकहरूमा दीर्घकालीन निःसन्तानपनको दर १६.५ तथा आवधिकको १२.४ प्रतिशत छ । अमेरिकी मुलुकहरूमा दीर्घकालीन २० र आवधिक निःसन्तानपनको समस्या १०.४ प्रतिशत छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट