May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

वीरगन्ज नर्सिङ क्याम्पस प्रमुखले छात्रामाथि हातपात गर्नुको कारण यस्तो

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:0४
वीरगन्ज नर्सिङ क्याम्पस प्रमुखले छात्रामाथि हातपात गर्नुको कारण यस्तो

वीरगन्ज । वीरगन्ज– ४ विर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्रालाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् । क्याम्पस प्रमुख जमुना भट्टराईले छात्रालाई गालीगलौज र हातपात गरेको भीडीयो सामाजिक सञ्‍जालमा भाइरल भएको छ । उक्त भीडीयोमा आक्रोशित हुँदै क्याम्पस प्रमुख भट्टराईले छात्रालाई गमला उठाएर हान्न खोजेको ,केहि छात्रालाई हातले हिर्काएको र तथानाम गाली गलौज गरेको दृश्य देखिन्छ ।

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । सोही विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराईले नेविसंघ समर्थित छात्रालाई गाली बेइज्जत गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाइ सभापति सविना सुनारले बताइन् ।

सुनारका अनुसार ,क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराईले जबरजस्ती तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफूमाथि हातपात गरेको सुनारले बताइन् ।

क्याम्पस प्रमुखले गरेको दुर्व्यवहारको भीडीयो देखाउँदै सुनारले भनिन्,‘हामीले लगाएको ताल्चा राति हामीसँग कुनै छलफल नै नगरी क्याम्पस चिफले तोडेको थाहा पाएपछि त्यसबारे बुझ्न हामी गयौं ,तर उहाँले उल्टै म मेरो पावर अब देखाइदिन्छु ,तिमीहरूले जे गर्न सक्छौं गर ,जाउ पत्रिकामा छपाइदेउ भन्दै हामीमाथि झम्टिनुभयो ,म समेत ४÷५ जना माथि हातपात पनि गर्नुभयो ,फूलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो । ’

आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्रासँग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफूहरू क्याम्पस र होस्टेलभित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै राति नै वडा प्रहरी कार्यालय विर्तामा गएर क्याम्पस प्रमुख भट्टराईविरुद्ध उजुरी दिएको सुनारले बताइन् ।

सुनारले भनिन्,’क्याम्पस चिफका कारण हामी असुरक्षित भएका छौं,आइतबार राति हामीसँग जुन अमानवीय व्यवहार भयो यसले हामी निक्कै डराएका छौं । ’

त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफूहरूमाथि हातपात गर्नुका साथै गालीगलौज गरी दुर्व्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारले बताइन् ।

क्याम्पस प्रमुख भट्टराईले स्ववियु निर्वाचनकै बेलादेखि आफ्नो पदको गरिमा भुलेर एमालेको कार्यकर्ताजस्तै अनेरास्ववियुको इशारामा यी सब गलत हर्कत गरिरहेको उनको आरोप छ ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीले उजुरी दिएको बताए। सो भीडीयो पीडित छात्राहरूले आफूलाई पनि उपलब्ध गराएको जानकारी दिँदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।

 

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट