July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सुत्केरी मृत्युको विषयलाई लिएर फेरि राजमार्ग अवरुद्ध

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:४६
सुत्केरी मृत्युको विषयलाई लिएर फेरि राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका–२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार पुनः राजमार्ग अवरुद्ध गरेका हुन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्रबहादुर पालले पूर्वपश्चिम राजमार्गमा स्थानीय प्रर्दशनमा उत्रिएपछि सवारीसाधन चल्न नसकेको बताउँदै अवरोध खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

पालले घटनाको छानबिनका लागि समिति गठन गर्ने तयारीसमेत अघि बढेको बताए । स्थानीयले अत्तरियामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सोमबार मालाखेती अस्पताल पु¥याएकी भट्टराईको शिशुलाई जन्म दिएपछि मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले कारवाहीको माग गर्दै सोमबार पनि राजमार्ग अवरुद्ध गर्दा अत्तरियामा तनाव सिर्जना भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्