काठमाडौं
संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि बैठक डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८-०७९ पेश गर्ने कार्यसूची छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक,२०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।