April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:३४
एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

सुनसरी ।  एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न धरानका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थी सँग ५० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेका छन् ।

प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले भने ‘एसइइ परीक्षा पास गराउने प्रलोभन देखाएर विद्यार्थीसँग ५० हजार देखि ७० हजार सम्म शुल्क लिने गरेको रहेछ ।’ यसरी रकम असुलेर नक्कली परीक्षार्थी राख्ने काम धरानका निजी कन्सल्टेन्सीहरू भएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीको आधारमा डल्फिन एकेडेमीका सञ्चालक सन्तोष राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । डिएसपी दाहालले भने ‘अन्य सञ्चालक फरार रहेकाले खोजी भइरहेको छ, पक्राउ नपरे सम्म उनीहरूको नाम गोप्य राखिएको छ ।’

मोरङको परीक्षा केन्द्रहरूमा पक्राउ परेका नक्कली परीक्षार्थीहरू खटाउने धरानका डल्फिन सहित ४ वटा कन्सल्टेन्सी रहेको प्रहरीले जानकारी दिएको छ । ३ कन्सल्टेन्सी सञ्चालक फरार रहेको बताइएको छ ।

धरानका प्यासिफिक एकेडेमी, टेरेसा एजुकेसन कन्सल्टेन्सी, युनिक धरान एजुकेशनले नक्कली परीक्षार्थी परिचालन गरेको डिएसपी दाहालले बताए । नक्कली परीक्षार्थी खोज्नेदेखि प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टास्नेसम्म काम कन्सल्टेन्सीले गर्ने उनले बताए ।

यस घट्नाले पूर्वको शैक्षिक हब भनिएको धरानमा शिक्षाको व्यापारी करणले सीमा नाघेको पुष्टि गरेको छ । पूर्वका पहाडी जिल्लाहरूबाट गुणस्तरीय शिक्षाको खोजीमा आउनेहरूलाई यस्तो धन्धाले गलत बाटो देखाउँछ ।

शैक्षिक परामर्शको नाममा खुलेका संस्थाहरू शैक्षिक माफियाको हातमा गइरहेको छ कि भन्ने यस घटना आशङ्का बढाएको डिएसपी दाहालले बताए । उनले भने ‘यो घटनाले परीक्षा प्रणालीकै बारेमा सोच्न बाध्य बनाएको छ ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट