May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सरकार गम्भीर रहेको पत्र पाएपछि बञ्चरेडाँडाबासी खुशी

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १४:0२
सरकार गम्भीर रहेको पत्र पाएपछि बञ्चरेडाँडाबासी खुशी
  • बञ्चरेडाँडाका बासिन्दाको मागका सम्बन्धमा सरकार गम्भीर
  • ल्याण्डफिल्ड साइट प्रभावित सरोकार समितिले आन्दोलनको स्वरुप फेर्यो
  • आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारले अनुरोध
  • समितिले नेपाल सरकारसँग ४ बुँदे माग

काठमाडौं ।।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको मागका सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै पत्र पठाएपछि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित सरोकार समितिले आन्दोलनको स्वरुप फेरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले स्थानीयबासीको माग प्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएसँगै आन्दोलनको रुवरुप फेर्ने निर्णयमा समिति पुगेको हो ।

समितिले १ असोजदेखि पूर्ण रुपमा फोहोर बोकेका गाडी रोक्ने तयारी गरेपछि घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारले अनुरोध गरेको थियो । शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले १ असोजदेखि २० असोजसम्म रचनात्मक विरोध गर्ने र त्यसपछि पनि माग पूरा नभए फोहोरको गाडी रोकेर कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

२० असोजसम्म पनि माग पूरा नभए २१ असोजको बिहान ६ बजेदेखि ११ बजेसम्म फोहोरमैला ढुवानीका साधनलाई ल्याण्डफिल साइट प्रवेशमा रोक लगाउने घोषणा समितिले गरेको छ ।

समितिले नेपाल सरकारसँग ४ बुँदे माग राखेको छ । मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहोरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने समितिको माग रहेको छ ।

समितिले काठमाडौं महानगरसँग २३ जेठ २०७९ मा मध्यरातमा गरेका सहमतिहरु ३ महिनाभित्रमा कार्यान्वयन अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

२०६२ सालदेखि २०८० सालसम्मको अवधिमा फोहोरमैला ढुवानी प्रयोजनका सवारीसाधन दुर्घटनामा परेर मारिएका स्थानीयन व्यक्तिका परिवारका प्रत्येक एक जनालाई सेवामा नियुक्ति गर्नुपर्ने माग समितिको छ ।

यस्तै सोही अवधिमा फोहोरमैलाका कारण वरपरका गाँउहरु कोल्पुखोला आधार क्षेत्रमा कृषि, उद्योग, मानव स्वास्थ्य लगायतमा वार्षिक २ अर्ब भन्दा बढीको क्षति भएकोले भन्दै काठमाडौं महानगरपालिकाले उक्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समितिले राखेको छ ।

तीनपिप्लेदेखि बँञ्चरेडाँडासम्म व्यक्तिका नाममा रहेका जग्गा सडकले अतिक्रमण गरेको हुनाले काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाहरु समेतले मुआब्जा उपलब्ध गराउनुपर्ने माग समितिको छ । मन्त्रालयको पत्र पश्चात समितिले २० असोजसम्म निर्णय कार्यान्वयनका लागि रचनात्मक आन्दोलन गरेपनि गाडी नरोक्ने जनाएको छ ।

‘हामी २० असोजसम्म कुर्छौ, कार्यान्वयन नभए २१ असोजबाट कडारुपमा प्रस्तुत हुन्छौं, त्यही भएर पहिले घोषणा गरेको कठोर आन्दोलनको कार्यक्रमलाई परिमार्जन गरेर रचनात्मक मात्रै बनाएका हौं,’ समितिका संयोजक श्रीराम ढुंगानाले भने।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।