May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:४४
संयुक्त सङ्घर्ष समितिको चेतावनी पत्रमा के भनिएको छ ?

सुनसरी । कोशी प्रदेश खारेज, पूनःनामकरण आन्दोलन संयुक्त सङ्घर्ष समितिले प्रदेश सभामुख बाबुराम गौतम, मुख्यमन्त्री हिक्मत कार्कीलाई उनीहरू अनुपस्थित रहेकाले खानेपानी मन्त्री तिलकुमार मेयाङबो मार्फत आइतबार विराटनगरमा अल्टिमेटम पत्र बुझाएका छन् ।

संयुक्त सङ्घर्ष समितिले चेतावनी सहितको उक्त पत्र बुझाउँदै दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । प्रदेश सभा सांसदहरूको घर घरमा पनि चेतावनी पत्र टाँसिने निर्णय गरेको सङ्घर्ष समितिको पत्रमा के लेखिएको छ रु छोटकरीमा यस्तो छ स्

प्रदेश नं १ को प्रदेश सभा तुरुन्त सुचारु गरेर कोशी नामलाई खारेज गरी जनक्रान्ति र आन्दोलनले स्थापित गरेका जनादेश र राजनीतिक एजेन्डाहरूलाई सम्बोधन गर्ने गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा बहु पहिचानमा आधारित नामकरण गरियोस् ।

यदि यो अल्टिमेटम पत्रलाई बेवास्ता गरिएमा चाँडै सम्पूर्ण प्रदेश नं १ वासीहरूको विशाल जनसागरले विराटनगर कब्जा गर्ने र वार्ड वार्डबाट जनविद्रोह र जनक्रान्ति अघि बढाउने आन्दोलन अघि बढ्ने चेतावनी दिन चाहन्छौँ ।

प्रदेशका सम्पूर्ण पहिचानवादीहरू सहित आम जनताहरू एकजुट भइसकेको अवस्थामा सरकार र काम बिगार्ने दल र सांसदहरू समयमा नै सचेत नहुने हो भने स्थिति भयावह हुने अवस्था छ ।

यदि त्यो अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री, सभामुख, प्रदेशको नाम कोशीको पक्षमा मतदान गर्ने प्रदेश सभा सदस्यहरू र उनीहरूलाई खुल्ला मतदान गर्न बाध्य पार्ने दलका नाइकेहरूले लिनु पर्दछ ।

इतिहासदेखि नै नेपालमा पहिचानको मूल जिउँदो थलो र पहिचान नहारेको थलोका रूपमा रहेको प्रदेश नं १ को पहिचानवादी आन्दोलनलाई अत्यन्त षडयन्त्रमूलक तरिकाले झुक्याएर २०७९ फागुन १७ गते प्रदेश प्रदेश सभामा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले हचुवाको भरमा कथित ‘कोशी’ नामकरण गरेको घटनाले आम जनता र दशकौँदेखि आन्दोलनरत पहिचानवादी सङ्घ सङ्गठन र दलहरू स्तब्ध, आक्रोशित र विद्रोही भएका छौँ ।

हामी पहिचानवादी सङ्गठन र आम जनताहरूले उक्त प्रदेशको कथित कोशी नामलाई फागुन १७ गतेको बिहानैदेखि विरोध र बहिस्कार गरेका छौँ र उक्त नाम खारेजीको लागि जीवन मरणको लडाइँ लड्ने प्रतिबद्धता साथ आन्दोलनमा छौँ ।

आन्दोलनको क्रममा चैत्र ५ गते विराटनगरमा प्रहरीको दमनबाट मुक्ति योद्धा पदम लिम्बु लाजेहाङले वीरगति प्राप्त गरिसकेका छन् । आन्दोलनलाई गाउँ गाउँसम्म पु¥याउन वार्ड वार्ड सम्म संयुक्त सङ्घर्ष समिति गठन गरेर जनक्रान्तिको तयारी गरिरहेको बेला सरकार भने आन्दोलनकारीहरूलाई बेवास्ता गरेर थकाउने रणनीतिमा लागेको छ ।

२४० वर्ष यता नेपालको पहिचानवादी शक्तिहरूले निरन्तर लडिरहेको मुक्तिको लडाइँ र केन्द्रीकृत राज्यसत्ताको निरन्तर दमन यी दुई पक्ष बिचको अन्तरसंघर्ष नै नेपालको राजनैतिक इतिहास र वर्तमान हो ।

२००७ सालको जनक्रान्ति, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ को जनयुद्ध, २०६२÷६३ को दोस्रो जनआन्दोलन र २०६३र६४ को खम्बुवान, लिम्बुवान, मधेस, थरुहट, किरात, आदिवासी, सङ्घीय आन्दोलनहरूमा नेपालका आदिवासी, उत्पीडित समुदायहरूले आन्तरिक उपनिवेशबाट मुक्तिको लागि, आफ्नो पहिचान र अस्तित्व स्थापनाको लागि सशक्त भूमिका खेल्दै आएका छन् ।

गत पाँच वर्षमा प्रदेश सभाले किन नामकरण गर्न सकेन भन्ने सवाललाई तत्वबोध नगरीकन, नामकरणको सवालमा ७२ घण्टाअघि सबै दल र सरोकारवालाहरूलाई जानकारी गराउनु पर्छ भनेर संवैधानिक रूपमा ऐनको व्यवस्थालाई कुल्चिएको छ ।

निषेधित क्षेत्र निर्धारण गरी, सञ्चार माध्यमलाई छेकबार गरी, बन्दुकको घेराबन्दी भित्र, दलीय निर्देशन अनुसार, गोप्य मतदान गर्नु पर्ने ठाउँमा खुल्ला मतदान गराएर अलोकतान्त्रिक र तानाशाही शैलीमा लादिएको राजनीति भूगोलका हिसाबले नेपालको सिमाना दक्षिण मात्र चिनिने शासक जातीय एवं गोत्रीय एकल पहिचान कोशी नाम कुनै हालतमा स्वीकार्य हुँदैन ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट