April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२७
नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।

नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी गरिएको सूचनामा बिहानबाटै लगाउँदै आएको निषेधाज्ञा ८ घण्टा घटाएर सोमवारदेखि दिउँसो १२ बजेदेखि राति १० बजेसम्म मात्र जारी रहने जनाइएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु यथावत् रहने सो सूचनामा जनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको अवस्था सामान्य बन्दै गएपछि दिनको कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखिएको बताउनुभयो । तर सोमवारबाट दिउँसोको निषेधाज्ञा पनि ८ घण्टा घटाइएको उहाँको भनाइ छ ।

उहाँले निषेधाज्ञाका कारण विभिन्न कार्यक्रम प्रभावित भइरहेकाले क्रमशः निषेधाज्ञा घटाउँदै लगेर समाप्त गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले हाललाई राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु यथावत् राखिएको जनाउँदै सो पनि केही दिनपछि हटाइने बताउनुभयो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बनेपछि गत मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने छोट्याउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरिएको सूचना सोमवार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइनेगरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी रहेको जनाइएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।