October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विराटनगर महानगरभित्र सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइने

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:१३
विराटनगर महानगरभित्र सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइने

मोरङ । विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने भएको छ।

सोमबार पत्रकार कल्याण कोष मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा मेयर कोइरालाले नयाँ वर्ष २०८० को सुरुवातसँगै विराटनगरका सार्वजनिकस्थलमा खैनी, गुट्खा, चुरोटलगायतका सूर्तीजन्य पदार्थको सेवनमा कडाइ गर्ने बताएका हुन्।

‘वैशाख १ गतेबाट महानगरले सार्वजनिक स्थानमा पान, गुट्खा, खैनी, चुरोटको सेवनलाई बन्द गर्न लागेको छ। नगरवासीले महानगरलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा छ। एउटा सभ्य नागरिकको परिचय दिँदै महानगरलाई सुन्दर बनाउनका लागि हातेमालोको आवश्यकता छ’, उनले भने।

महानगरको मुख्य बजारक्षेत्रमा पार्किङको विषयमा सबैले साथ दिएकाले पनि खुल्लारूपमा सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने अपेक्षा मेयर कोइरालाको छ।

स्वच्छ विराटनगरको अपनत्व ग्रहण गर्नका लागि हामी सबैको ढृढ संकल्पसहित परस्पर सहयोग हुनु आवश्यक रहेको उनको भनाइ छ।

महानगरले मात्र सबै क्षेत्रमा काम गर्छु भन्ने हिसाबले सफलता मिल्न सहज नहुने हुँदा यसका लागि महानगरवासी आफैं सचेत भएर एकढिक्कासहित अघि बढ्नुपर्ने आवश्यकता मेयर कोइरालाले ‍औंल्याए।

सोही क्रममा कोषका अध्यक्ष प्रहलाद साहले महानगर बनाउने नगरवासीले साथ दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगरका पत्रकार विक्रम निरौला र उषा सरदारलाई नगदसहित सम्मान गरिएको थियो।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्