May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मतदाता नामावलीमा विदेशबाटै नाम दर्ता गर्न मिल्ने

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:५८
मतदाता नामावलीमा विदेशबाटै नाम दर्ता गर्न मिल्ने
  • अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था
  • कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने
  • आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्ने
  • सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह

काठमाडौं ।।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भएको जानकारी गराएका छन् ।

“विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भई सुझाव संकलनका लागि आयोगको वेबसाइटमा अपलोड गरिएको छ,” बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, “उक्त मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था रहेको छ । दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको छ।”

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदा छ । दर्ता भएका व्यक्तिहरूका विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् । विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ र अरू सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह छ ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।