July 16, 2024 | मङ्लबार, असार ३२, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

विश्व फुटबलको महाशक्ति बनाउने सीको चाहना सफल बनाउन कहाँ चुक्यो चीन ?

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १५:१७
विश्व फुटबलको महाशक्ति बनाउने सीको चाहना सफल बनाउन कहाँ चुक्यो चीन ?
काठमाडौं । केही दशको अन्तरालमा चीन गरिबीबाट विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा उक्लियो । अर्थतन्त्रलाई सम्भ्रान्त बनाउने चिनियाँ सपना केही दशककै अन्तरालमा सफल भयो।

मुलकको नेतृत्व गर्नुअघि सी जिनपिङले चीनलाई फुटबलको शक्ति बनाउने महत्वाकांक्षा राखेका थिए । राष्ट्रिय टोलीलाई विश्वकपमा छनौटका लागि योग्य बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने लक्ष्य सीले राखेका थिए।

फिफा वरियतामा ७० औं स्थानभन्दा तल रहेको र सन् १९५७ मात्रै विश्वकपको क्वालिफायर चरण पार गरेको चीनका लागि यो निकै ठूलो लक्ष्य थियो ।

सीको दृढ संकल्पकै कारण चिनियाँ फुटबल संघले सन् २०५० सम्म चीनलाई विश्व फुटबल महाशक्ति बनाउने योजना सार्वजनिक समेत गरेको थियो । सन् २०१६ मा चिनियाँ फुटबल संघले यो योजना अघि सारेपछि  घरेलु लिगमा लगानीको बाढीनै आएको थियो ।

चिनियाँ सुपर लिग विदेशी खेलाडीहरूका लागि आकर्षक तलबको केन्द्र बन्यो । चीनको क्लब झियाङसु सुनिङले ब्राजिलका एलेक्स तेसेरालाई ५करोड ४० लाख डलर तिरेर क्लबमा ल्याएको थियो ।

चिनियाँ सुपर लिग खर्चका हिसाबमा युरोपियन लिगभन्दा ठूलो हुन थाल्यो । सन् २०१५-१६ को सिजनमा खेलाडी अदलबदलमै ४ अर्ब ५१ करोड डलर खर्च भएपछि चिनियाँ सुपर लिग खर्चका हिसाबले विश्वको पाँचौ ठूलो लिग बन्यो।

सीले मुलुकलाई विश्व फुटबलको महाशक्ति बनाउने सपना देखेको एक दशकसम्म पनि फुटबलको स्तर भने झन् झन् खस्कँदो छ । भ्रष्टाचार र खराब वित्तीय निर्णयका साथै महामारीले पनि सीको सपनामा तुषारापात गरेको छ ।

कोरोना महामारीले अर्थतन्त्रको लय विथोलिएपछि राज्य सम्बद्ध संस्था र सहयोगीबाट आर्थिक सहयोग प्राप्त हुन सकेन । महामारीको कडा नियमका कारण समर्थकहरूको उपस्थिति पनि कम भयो भने प्रायोजकहरूको संख्या पनि कटौती भयो ।

पाँचौ ठूलो लिगतर्फ अग्रसर लिगमा खेल्ने क्लबहरूलाई अब खेलाडीलाई पैसा तिर्न समेत हम्मे-हम्मे पर्‍यो । घरेलु लिगलाई बलियो बनाउनका लागि भित्र्याइएका कोच र खेलाडीहरूले पनि कोभिडको नीति पालना गर्न नसक्ने भन्दै क्लब छोडे । चिनियाँ सुपर लिगको सन् २०२३-२४ को सिजन आगामी अप्रिल १५ तारिकबाट सुरू हुँदैछ । तर लिग अनिश्चतर्फ धकेलिएको छ ।

भियतनामसँगको हार, फुटबल संघमा भएको अनियमितताले राष्ट्रिय टोलीलाई विश्वकपमा छनौटका लागि योग्य बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने सीको महत्वाकांक्षा अपूरो बनेको छ ।

कोभिडपछि लिगको वित्तीय अवस्था निकैनै विथोलिएकाले लिगका प्रायोजक र प्रसारक संस्थाहरू यसबाट नाफा आर्जित हुनेमा विश्वस्त हुन नसकेको बेइजिङका खेलकुद परमार्शदाता विलिय बी बताउँछन् ।

‘कोरोनाले लिगलाई पतन गरायो। वित्तिय अवस्था विथोलिएपछि प्रायोजक र प्रसारकहरूको आत्मविश्वासनै खलबलियो,’ उनले भने ।

चीनलाई विश्व फुटबलको महाशक्ति बनाउने सीको सपनामा धक्का पुगेपछि अहिले चीनमा बहस भइरहेको छ । विदेशी खेलाडीलाई ल्याएर खेलाउँदै मुलुकको टोली सक्षम नहुने र आफ्नै खेलाडीलाई धेरै लगानी गर्नुपर्ने बहस भइरहेको हो । चिनियाँ सुपर लिगमा ट्रान्सफरको तथ्यांक हेर्ने हो १०० मध्ये  ७५ जना विदेशी खेलाडीहरू थिए । ती मध्ये हाल तीन जना मात्रै चीनमा रहेका छन् ।

कोभिडले बदलेको परिस्थिति

केही परिदृश्य चिनियाँ फुटबलको संकट र कष्टलाई चित्रण गर्दछ। विदेशी भूमिमा जन्मिएर चिनियाँ सुपर लिग खेलेका धेरै खेलाडीहरूले चीनको राष्ट्रिय टोलीमा पर्नका लागि त्यहाँको नागरकिता लिएका छन् ।

चीनसँग पारिवारिक सम्बन्ध भएका खेलाडीहरूलाई भित्र्याएर द्रुत रूपमा  राष्ट्रिय टोलीको स्तरोन्नती गर्ने चिनियाँ लक्ष्य थियो । त्यसको सुरूवात आर्सनलका पूर्व खेलाडी निको येनारिस र एभर्टनका पूर्व खेलाडी तियस ब्राउनिङलाई भित्र्याएर गरियो । चीन आएपछि निको नाम ली ह्व छ भने ब्राउनिङको नाम जियाङ् वाङ राखिएको छ।

ब्राजिलबाट भित्र्याइएका पाँच खेलाडीलाई चीनको नागरिकता दिएपछि सबैभन्दा बढी विवाद भएको छ । तर फुटबल खेलाडीहरूले चीनको नागरिकता लिने प्रक्रिया चिनियाँ सुपर लिग चम्किएको बखत मात्रै बढी देखिएको छ । महामारीको समयमा बाहिरिएका ब्राजिलियन ग्वालार्टका अनुसार ग्वान्जाओको क्लबले सम्झौता अनुसारको पारिश्रमिक दिन नसकेपछि उनी  चीनको नागरिकता त्यागेर फेरि ब्राजिलनै फर्किए।

यो सूचिमा पेरूमा जन्मिएर चीनको नागरिकता लिने रोबर्टो सुचो पनि छन् । ‘एक पटक चीनको नागरिकता लिएपछि पेरूको राष्ट्रिय टोलीबाट खेल्ने कुरै आउँदैनथ्यो । चीनको नागरिकता लिने विषयमा मैले कठिनपूर्वक निर्णय लिएको थिएँ ।  मेरो परिवारसँग भेटघाट नभएको पनि एकवर्ष बितेको थियो । बाहिरका मानिस आउन चीनले लामै समयका लागि निषेध गरेपछि धेरैले कोभिड नीतिकै कारण चीन छोडे,’ उनले भने।

इटालीलाई उपाधी दिलाएका फाबियो क्यानावारो चीनमा रोबर्टोका कोच थिए । कोभिड नीतिकै कारण उनले २ करोड ८० लाखको सेवा सुविधा छोडेर इटाली फर्किए । ब्राजिलका एलेक्स पनि  सम्झौता भंग गरेर स्वेदश फर्किए ।

कोभिड नीतिका कारण धेरैल खेलाडी ‘होम सिक’ भएपछि राम्रो प्रदर्शन गर्न पाएनन्। ‘तीनवर्षसम्म मैले बुवा र पतिको अनुभव गर्न सकिन । केही महिनाको अन्तरालमा परिवार भेट्न जाने मलाई असाध्यै गाह्रो भयो । मैले त्यस किसिमको जीवनको परिकल्पनानै गरेको थिइँन,’ चिनिँया सुपर लिग खेल्ने क्यामरूनका खेलाडी जोन म्यारीले भने ।

फुटबलमा आर्थिक संकट

कोभिड नीतिका कारण धेरै खेलाडीहरूलाई आर्थिक संकट पनि परेको थियो । घर जग्गा कारोबार गर्ने चीनको ठूलो कम्पनी इभर ग्य्रान्डी समुह सन् २०२१ मा संकटमा परेको खबर सार्वजनिक भएको थियो । यसले चीनमा हलचलनै ल्याएको थियो । त्यही समुहले लगानी गरेको क्लब ग्वान्जाओ इभर ग्य्रान्डीले खेलाडीहरूलाई पैसा दिन सकेन । ‘चीनमा धेरै संभावना भएका क्लब आर्थिक संकटमा फसे। सबैभन्दा बलियो ग्वान्जाओलेपनि कस्टकर समय खेप्नुपर्‍यो,’ रोबर्टोले भने।

खेल मैदान खाली हुँदा प्रवेश शुल्क रकम मात्रै सुकेन प्रायोजकहरू पनि हराए । आर्थिक संकट गहिरिएपछि ठूला लगानिकर्ताहरूले लगानीलाई एकतीतृत गर्ने नीति लिए । कोभिड मात्रै होइन चिनियाँ फुटबल संघले लिएको नीति पनि फुटबललाई कमजोर बनाउने सारथी बन्यो ।

सन् २०१७ मा उसले कर शुल्क बढायो । ७० लाख डलरभन्दा बढी खर्च गर्ने क्लबले त्यही रकम बराबरनै संघलाई कर बापत तिर्नुपर्ने नीति ल्याइयो । यो नीतिपछि एकपछि अर्को क्लब टाट पल्टिँदै गए । सबैभन्दा ठूलो चिनियाँ क्लब झियाङसु सुनिङ सन् २०२१  जनवरीमा मा संकटमा फस्यो । प्रमुख कोच चाङ वयोङले क्लबमा आवद्ध खेलाडीलाई पैसा दिन सक्ने अवस्थामा क्लब नरहेको बताए ।

फेब्रुअरीमा सेन्जेन राष्ट्रमा खेल्ने पूर्व खेलाडीहरूले पैसा नदिएकोबारे फिफामा उजुरी दिए । मार्चमा ग्वान्जाओ सेटीले लिग खेल्नका लागि वित्तीय आवश्यकता पूरा गर्नै सकेन। अर्को क्लब वयेबीले त खेलाडीहरूको पैसा तर परै जावस् बत्ती र पानीको पनि पैसा तिर्ननसक्ने गरी टाट पल्टिएको बतायो।

चीनको पूर्ण अपमान

चीनले विदेशी खेलाडी भित्र्याएर नागरकिता दिनुको पछाडि आफ्नो राष्ट्रिय टोलीको स्तरोन्नति पनि थियो ।

यद्यपि फिफा वरीयतामा उसको उपस्थितिले राष्ट्रिय टोलीको खासै स्तरोन्नति नभएको देखाउँछ । सन् २०२२ को भिडन्तमा भियतनामसँग ३-१ ले स्तब्ध भएपछि चीनले कतार विश्वकप खेल्न पाएन ।  त्यसपछि चिनियाँ सामाजिक सञ्जालमा आक्रोश पोखियो, ‘वार्षिक अर्बौँ आम्दानी गर्ने फुटबल संघको कारण चिनियाँ जनताको अपमान भएको छ।’

अहिले चीनले विश्वकपको आयोजना गर्ने विषय पनि धेरै टाढाको विषय भनेको छ । चिनियाँ फुटबल संघको अनियमितताका कारण यो परको विषय भनेको हो । कम्युनिस्ट पार्टीको आयोगले अहिले अनियमितताका सवालमा अनुसन्धान गरिरहेको छ ।

भियतनामसँगको हार, फुटबल संघमा भएको अनियमितताले राष्ट्रिय टोलीलाई विश्वकपमा छनौटका लागि योग्य बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने सीको महत्वाकांक्षा अपूरो बनेको छ । यस्तो स्थितिमा आफ्नो  महत्वकांक्षालाई सीले कसरी हासिल गर्छन् त्यो हेर्न विश्व फुटबल  जगत पर्खिरहेको छ ।

– सीएनएनमा प्रकाशित सामग्रीको भावानुवाद

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्