September 22, 2023 | शुक्रबार, अशोज ५, २०८०
सुचनाहरु
शिक्षकका जायज मागहरू शिक्षामन्त्रीले सम्बोधन गर्नुपर्छ : एमाले भीआईपीलाई दिएको सुबिधा फिर्ता गर्न निर्देशन शिक्षकहरुको आन्दोलन अनुगमनमा निस्कियो महानगर पार्टीका समस्या बाहिर गीत गाउँदै हिँड्ने होइन : माधव नेपाल सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं : अर्थसचिव पुष्कर भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र बाँदरले खेलेर बिगारेझैं त्यो सुन्दर वृक्षारोपणलाई शिक्षकहरुले कुरूप बनाए देउवाको नेतृत्वमा ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित असोज ६ गते राष्ट्रपति पहिलो पटक गृह जिल्ला जाँदै प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटघाटको समय जुरेन विधेयकमा थुप्रै सुधार आवश्यक छ, यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं : गगन थापा मानव अधिकारसम्बन्धी घोषणा जारी भएको आज ७५ वर्ष पुरा शिक्षकको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का खुँडा हानेर हत्या गर्ने गुन्डा नाइकेलाई राष्ट्रपतिले माफि दिएपछि कारागारमै उत्सव गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट विषालु सर्पले टोकेर सिन्धुलीमा १ जनाको मृत्यु

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:५२
भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरे ।

आर्थिक वर्ष २०७९-८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो ।

आव २०७४÷७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलोपटक अनुदान दिन सुरु गरेको थियो । पच्चीस पैसाबाट सुरु गरेको अनुदान रकम चालु आवमा रु तीन पुगेको हो ।  गत आवमा आठ हजार सात सय ३५ कृषकले अनुदान पाएकामा चालु आवमा ११ हजार पाँच सय ३४ जनाले अनुदान पाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको बताइन्। प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु पाँच दिने गरी व्यवस्था मिलाउन अनुरोध गरिएको उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले कृषकलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बङ्गुर तथा हाँस वितरण गरेको छ । यस्तै विभिन्न यन्त्र उपकरण, प्राविधिक तालिम, पाँच सयवटा काउम्याटलगायतका सामग्री वितरण गरिएको प्रमुख दाहालले बताइन् ।

महानगरपालिका उपप्रमुख अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन अनुदानले सहयोग पुर्याउने बताए । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिएअनुरुप कृषिमा आधुनिकीकरणतर्फ जाने कार्यक्रम ल्याइएको उनले उल्लेख गरे ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट