July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अर्थमन्त्रीको निष्कर्ष- ‘निजी क्षेत्र चलायमान बनाएर अर्थतन्त्र सुधार्न सम्भव छ’

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १५:२४
अर्थमन्त्रीको निष्कर्ष- ‘निजी क्षेत्र चलायमान बनाएर अर्थतन्त्र सुधार्न सम्भव छ’

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र चलायमान बनाएर अर्थतन्त्र सुधार्न सम्भव रहेकाे बताएका हुन् ।

सोमवार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन् । उनले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपुग्ने निष्कर्ष सुनाए ।

बाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गर्दै उनले निजी क्षेत्र सरकारको साझेदार भएको पनि बताए । राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडि बढाउन उनको भनाइ छ ।

‘राज्यको लगानीले मात्रै पुग्दैन । वाह्य र स्थानीय लगानीलाई प्रोमोट नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन सक्दैन,’ मन्त्री महतले भने, ‘निजी क्षेत्र हाम्रो साझेदार हो । राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सक्छौँ । सरकारले सामाजिक र पूर्वाधारको विकास मुख्य रुपमा केन्द्रित हुने हो । आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा छ । निजी क्षेत्रको समस्या भनेको सरकारको समस्या हो । निजी क्षेत्र चलायमान नभएमा आर्थिक वृद्धि, राजश्व वृद्धि सम्भव छैन ।’

सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने र पुँजीगत खर्चलाई प्रभावकारी बनाउन प्रतिवद्ध रहेको उनले बताए । पुँजीगत खर्च सकेसम्म कम हुन नदिने बताउँदै मन्त्री महतले भने, ‘सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्ने प्रमुख प्राथमिकता हुनेछ । पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य छ । आयोजनामा काम समयमा नै नहुने,आयोजनाको लागत बढ्ने, काम अगाडी नबढ्दा आयोजनाको मूल्य धेरै भएको । समय पनि धेरै लाग्ने भएको छ । हाम्रो सम्पूर्ण ध्यान पुँजीगत खर्चलाई प्रभावकारी बनाउन जेजे उपाय अपनाउन सकिन्छ, हामी गर्छौं । त्यसो गर्दा अर्थतन्त्रमा राज्यको तर्फबाट पुँजी बाहिर आउँछ । आर्थिक गतिविधिलाई चालयमान बनाउन मद्दत पुग्छ ।’

मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

अर्थतन्त्रमा समस्या देखिए पनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने पनि बताए ।

बैंकको ब्याजदर लगायत अन्य विभिन्न व्यवसायीहरुका समस्या रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ । साथै ऋण लिएर तिर्नु पर्दैन भन्ने कुरा राज्यले सहन नसक्ने समेत उनले स्पष्ट पारे ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्