October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इटहरी उपमहानगरपालिकाको विधेयक विवाद सहमतिमा टुङ्गियो

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:३१
इटहरी उपमहानगरपालिकाको विधेयक विवाद सहमतिमा टुङ्गियो

सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभामा विवादित कर्मचारी आचारसंहिता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ अन्ततः सर्वसम्मतिबाट पारित भएको छ ।
तिन साता अघि उक्त विधेयकमा एमाले पक्षका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि नगरसभा स्थगित भएको थियो । सोमवार पुनः बोलाइएको नगरसभामा उक्त विधेयक जस्ताको त्यस्तै पारित भएको हो ।
मेयर हेमकर्ण पौडेलका अनुसार असन्तुष्टि जनाएको कुनै पनि कुरालाई विना संशोधन सहज ढङ्गले पारित भएको हो । उक्त विधेयक सहित ७ वटा विधेयक पास गर्दै १२ औँ नगरसभा सम्पन्न भएको छ ।
नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप-महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र  बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरेको हो ।
यसैगरी नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पनि नगरसभाले पास गरेको छ ।
यसअघि फागुन २७ गतेदेखि सुरु भएको नगरसभा चैत ३ गते अनिश्चितकालिन समयका लागि स्थगित भएको थियो । कार्यपालिका बैठकमा द्विपक्षीय सहमति भएपछि सोमबार नगरसभा बोलाइएको हो ।
कर्मचारी सम्बन्धी विधेयकको विषयमा इटहरीमा क्रियाशील राजनीति दलको नेतृत्वबिच सहमतिका आधारमा चैत ३ गते नै नगरसभाबाट टुङ्ग्याउने सहमति भएको थियो ।
नगरसभा बिच एमालेका जनप्रतिनिधि हाजिर गरेर गएपछि मेयर पौडेलले अनिश्चितकाका लागि नगरसभा स्थगित भएको घोषणा गरेको थिए ।
लगत्तै उनले फेसबुकमा कर्मचारीलाई व्यवस्थापन गर्ने विधेयक पारित गर्ने कुरामा दलहरूबिच सहमति भए पनि नगरसभा स्थगित हुनुको कारण उल्लेख गरेका थिए ।
नगरसभा स्थगित भएको साता पछि एमाले पक्षले पनि पत्रकार सम्मेलन गरी मेयर पौडेलले एमालेमाथि गलत आरोप लगाएको बताएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्