जनकपुरधाम । युथ एसोसिएसन अफ नेपाल – यानले ओमप्रकाश महतो (दिलिप) लाई प्रथम पर्यावरण सहिद घोषणा गर्न सुरु गरेका अभियान अन्तर्गत आज नेपाली कांग्रेसका सांसद तथा पुर्व कृषि मन्त्री रामकृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन।
अध्यक्ष राहुलराज यादवको नेतृत्वमा यानले सांसद यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। पत्रमा यादवलाई सक्रिय भुमिकाका साथ सहिद घोषणा गर्न आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
साथै चुरे वन संरक्षण अभियान र मधेस प्रदेश सरकारको बिच २०७८ भाद्र ४ गते भएका लिखित सम्झौताको बुंदा न ५ अहिलेसम्म कार्यनयन हुन नसकेकोमा दुस्ख व्यक्त गर्दै यी सम्झौता पूरा गर्न समेत आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
यानले विगत तीन वर्ष देखी यस मुद्दालाई नछाडी निरन्तर संघर्ष गर्दै आएकोमा यादव खुसी हुँदै धन्यवाद व्यक्त गरेका थिए। साथै यस मुद्दामा आफू सकेजतीको सहयोग सहित पहल गर्ने आश्वासन दिएका छन।
पत्र बुझाउन अध्यक्ष यादवको नेतृत्वमा केन्द्रिय सदस्य राहुल मण्डल, सदस्य सर्वजित यादव लगायतको टोलि गएको थियो।
यानले पहिला नै सांसद तथा पुर्व गृहमन्त्री बिमलेन्द्र निधि, महोत्तरीका सांसद महेन्द्र कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन।