May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कांग्रेस मेवाको रुखजस्तो, एमाले चै आँपको रुख हो : ओली

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:४0
कांग्रेस मेवाको रुखजस्तो, एमाले चै आँपको रुख हो : ओली
  • नेपाली कांग्रेस पुरानो भएको ओलीको दाबी
  • मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ
  • आँपको रुख बिस्तारै बढ्छ
  • एमाले भनेको आँपको रुख हो 
  • कांग्रेस मेवाको रुखजस्तो

काठमाडौं ।।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरानो भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे । “तपाईंले आँपको रुख र मेवाको रुखसँगै लगाउनुभयो भने मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ । आँपको रुख बिस्तारै बढ्छ । धेरै वर्षसम्म फलिरहन्छ । एमाले भनेको आँपको रुखजस्तो हो,” उनले भने, “कांग्रेस मेवाको रुखजस्तो ।”

उनले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप लगाए ।“कांग्रेस साँच्चै पुरानो भयो । साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । ८७ सिट छ, तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ,” ओलीले भने, “उहिले हजुरबाले बलियो बलियो काम पनि गथ्र्यो होला, अहिले बुढो भएपछि नातिको पछाडि हिँड्नुपर्यो नि । त्यस्तै निरीह भएको छ कांग्रेस । आफूसँग कति सिट छ पनि चाल पाउँदैन ।”

ओलीले नेकपा (माओवादी केन्द्र) ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे ।“मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो । माओवादीमा त्यस्तै भएको छ । माओवादी कार्यकर्ताले पार्टी बनाए । सरकार बनाए,” ओलीले भने, “अनेक चिज गरे । तर, छोरी ज्वाइँ, भाइ भतिजा, भान्जा यस्तैको चलेको छ । पीडित माओवादी कार्याकर्ता तड्पिएका छन् ।” उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक हुने बताए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।