May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम

प्रधानमन्त्रीलाई भेटेका पोखरेली भन्छन्, ‘संकटबाट बचाउनुहोस, अन्तर्राष्ट्रिय उडान थालिदिनुहोस’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ ११:५४
प्रधानमन्त्रीलाई भेटेका पोखरेली भन्छन्, ‘संकटबाट बचाउनुहोस, अन्तर्राष्ट्रिय उडान थालिदिनुहोस’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनवरी १ मा भव्य रुपमा उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पोखराका व्यवसायीले ध्यानाकर्षण गराएका छन्। आन्तरिक उडानमात्र हुने अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर तत्काल कुटनीतिक पहल थाल्न आग्रह गरेका हुन।

पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका व्यवसायीहरूले अहिलेको वित्तीय संकटबाट बचाउनका लागि पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग निर्माण छिटो र व्यवस्थित बनाइदिन गुहार माग्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुगेका हुन।

पोखरेली व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र पर्यटनमन्त्री सुदन किरातीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् भने अहिलेको सङ्कटबाट मोचन गराउन नीतिगत पहल थाल्न पनि माग गरेका छन्।

व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनकर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरेका छन्। बैंक व्याजदर एक अंकमा झार्नुपर्ने र कर्जा तिर्ने समय सीमा बढाइदिनुपर्ने उनीहरूको माग थियो। बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँताउन  पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउँदै चैतमसान्तसम्म किस्ता र ब्याज तिर्न नसक्ने बताएका छन्। जवाफमा प्रधानमन्त्री दाहालले व्याजदर एक अङ्कमा झार्न कसरत गरिरहेको बताएका छन्। अहिले ब्याजदर र किस्ताको विषय गम्भीर समस्या बनेकाले सुधारमा निम्ति निरन्तर बैठक बसिरहेको दाहालले बताए। ऋण लिएपछि तिर्दिन भन्न नपाइने तर त्यसका लागि सरकारले सहज वातावरण भने बनाइदिने उनको भनाइ थियो।

अर्थमन्त्री डा. प्रकाशशरण र पर्यटनमन्त्री सुदनले अहिले सरकार वित्तीय संकटप्रति गम्भीर रहेको र चाँडै केही न केही निर्णय आउने बताए। प्रधानमन्त्री प्रचण्डले ब्यवसायीले तिर्ने कर्जाको पुनर्तालिकीकरण छिट्टै गर्ने पनि प्रतिवद्धता जनाएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको प्रमुख एजेण्डा नै रहेको प्रचण्डले बताएका छन्। प्रचण्डले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताए।

पर्यटन मन्त्री सुदन किरातीले आफू अहिले व्यवसायीले खेपेको मारप्रति चिन्तित र जानकार रहेको बताएका छन्।  अर्थमन्त्रीसँग अहिलेको संकटका विषयमा छलफल भएको उनको भनाइ थियो।

नेपाल एयरलाइन्सलाई पूर्ण व्यावसायिक बनाई आन्तरिक र अन्तराष्ट्रिय उडानहरू सञ्चालन गर्न अवश्यक जहाजहरू खरिद गर्न व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। कम्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराएका छन्।

नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न व्यवसायीले माग गरेका छन्। स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरूलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरूको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाई दिन पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरे।

नेपाल पर्यटन बोर्डको वजेट नितान्त पर्यटन प्रवद्र्धनका लागि मात्रै विनियोजन र खर्च गर्न व्यवसायीले माग गरेका छन्। मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई ‘टिम्स’ र ‘गाइड’ व्यवस्था अनिवार्य नगर्न प्रधानमन्त्रीलाई अनुरोध गरे। पदयात्रामा मात्रै ‘गाइड’ र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम व्यवहारिक नहुने व्यवसायीको भनाइ छ।

साहासिक पर्यटनको मुख्य गन्तव्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडान असर नगर्ने गरी पूर्ववत स्थापित गर्नुपर्ने पनि व्यवसायीले बताएका छन्। पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्छे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा ध्यानाकर्षण गराउँदै अब सधैं खुला गर्ने व्यवस्था मिलाउन व्यवसायीले प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।